एनएमबीले ल्यायो नयाँ बचत खाताहरु, १८ लाख रुपियाँसम्मको बीमा सुविधा

Advertisement

काठमाडौं । एनएमबि बैंकले आफ्नो ‘एनएमबि तलब खाता’ र ‘एनएमबि सुपर तलब खाता’मा परिष्कृत विविधताका साथ नयाँ खाता योजनाहरु सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत खातावालहरुलाई रु. १८ लाख रुपियाँसम्मको कुल वीमा सुविधा प्रदान गरिन्छ ।

दुई नयाँ योजनाहरुमध्ये ‘एनएमबि प्रिमियम तलब खाता’मा ग्राहकहरुलाई रु १० लाख रुपियाँसम्मको दुर्घटना मृत्यू वीमा, १८ प्रकारका घातक रोगहरुको लागि रु ५ लाख रुपियाँसम्मको वीमा सुविधा प्रदान गरिएको छ भने ‘एनएमबि प्रिमियम सुपर तलबखाता’मा ग्राहकहरुले रु. १० लाखसम्मको दुर्घटना मृत्यू वीमा, १८ प्रकारका घातक रोगहरुको लागी रु ७ लाख रुपियाँसम्म वीमा र रु १ लाख रुपियाँसम्मको स्वास्थ्य उपचार वीमाबाट लाभान्वित हुन सक्ने छन् । उल्लेखित खाताहरु शुन्य मौज्दातमै खोल्न सकिने छ ।

रकम मात्र नभई सुविधाको दायरा पनि बिस्तार गर्ने उद्देश्यको साथ ‘एनएमबि प्रिमियम तलब खाता’ र ‘प्रिमियम सुपर तलब खाता’को सुरुवात गरिएको हो । ग्राहकको अतिरिक्त आवश्यकतालाई मध्यनजर गर्दैै यस प्रकारको खातामा वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको योजना ल्याएका छौं बंैकद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Advertisement

Advertisement

Advertisement