प्रधानमन्त्रीको जन्मदिनमा समेत सार्वजनिक विदा !

Advertisement

तेह्रथुम । प्रधानमन्त्री केपी ओलीको जन्म दिनमा उनको जन्मथलो रहेको आठराई गाउँपालिकाले आइतबार सार्वजनिक विदाको घोषणा गरेको छ । ओलीको ६९औं जन्मदिनमा गाउँपालिकाले राजर्शी शैलीमा सार्वजनिक विदा घोषणा गरेको हो ।

जन्मोत्सव मनाउन प्रधानमन्त्री ओली जन्मथलो आउने भएपछि आठराई गाउँपालिकाका पदाधिकारीले उनीप्रति भक्ति देखाउँदै विदाको घोषणा गरेका हुन् । यद्यपि गाउँपालिकाका अन्य दलका प्रतिनिधिहरुले भने यस निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

जन्मदिन मनाउन आउने ओलीले आइतबार आठराईको सुकेपोखरीबाट जन्मथलो इवा हुँदै सो पार्टीका नेता स्वर्गीय मदन भण्डारीको जन्मस्थान ढुङ्गेसाँघुबाट ताप्लेजुङको दोभान जोड्‍ने करिब १ सय किलामिटर लामो मदन भण्डारी मार्गको शिलान्यास गर्ने कार्यक्रमसमेत छ ।

त्यस्तै, उनले आठराई क्षेत्रका ७० वर्ष कटेका चार सय ज्येष्ठ नागरिकलाई सम्मान गर्ने र गाउँपालिकाभित्रका विभिन्न विद्यालयका एक हजार दुई सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम पनि राखिएको छ ।

Advertisement

Advertisement

Advertisement