सुन मूल्यमा ऐतिहासिक रेकर्ड, कारण– कोरोना भाइरस

Advertisement

काठमाडौं । सुनको मूल्य तोलाको ८० हजार नजिक पुगेको छ । पछिल्ला दिनमा उच्च दरमा बढ्दै गएको सुनको मूल्य प्रतितोला सात सय रुपियाँले बढेर ७८ हजार आठ सय रुपियाँ कायम भएको छ ।

शुक्रबार प्रतितोला ७८ हजार एक सय रुपियाँमा किनबेच भएको सुन आइतबार सात सयले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघको वेभसाइटमा उल्लेख छ । त्यस्तै, तेजाबी सुन तोलाको ७८ हजार ५ सय रुपियाँ कायम गरिएको छ । चाँदीको मूल्य प्रतितोला ९२० रुपियाँ कायम गरिएको छ ।

यसरी सुनको मूल्यमा तीब्र वृद्धि हुनुको कारण कोरोना भाइरस भएको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् । उनले सुनको भाउ बढ्ने क्रम अझै जारी रहने बताउँदै यो साताभित्र ८० हजार नाघ्ने अनुमान गरे । कोरोना भाइरस चीनबाट अन्य मुलुकमा समेत देखिन थालेसँगै विश्व अर्थतन्त्र, विशेषगरी सेयर बजारमा, असर देखिन थालेसँगै लगानीकर्ताहरु सुनमा लगानी गर्न आकर्षित भएको शाक्यको भनाई छ । विश्व बजारमा अहिले सुनको मूल्य प्रति ओन्स एक हजार ६४३ डलरभन्दा बढि रहेको छ ।

Advertisement

Advertisement

Advertisement