नेप्सेमा एकै दिन ७० अंकको विचित्रको वृद्धि, साढे तीन अर्बभन्दा बढिको कारोबार

Advertisement

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा विचित्रको वृद्धि देखिएको छ । एकै दिन सेयर बजार परिसुचक नेप्से झण्डै ७० अंकले बढेर एक हजार पाँच सय अंक पार गरेको छ भने तीन अर्ब ६० करोड रुपियाँभन्दा बढिको किनबेच भएको छ ।

सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने बाणिज्य बैंक समूहमा उच्च दरमा वृद्धि हुँदा नेप्सेमा उछाल देखिएको हो । बाणिज्य बैंक समूहको सुचक सात प्रतिशतभन्दा बढिले बढेको छ भने व्यापार समूहको सुचक आठ दशमलव २५ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक समूहको सुचक चार दशमलव ५० प्रतिशतले बढेको छ ।

त्यसबाहेक जलविद्युत, अन्य, वित्त समूहका सुचकहरुको वृद्धि तीन प्रतिशतभन्दा बढि भने बाँकी सुचकहरु पनि दुई प्रतिशतको हाराहारीमा र सोभन्दा बढि दरमा बढेका छन् । आज कुल १७८ कम्पनीको सेयर कारोबार भएकोमा २७ वटा कम्पनीका सेयर मात्रै घटेको छ भने बाँकीका लगानीकर्ताले कमाई गरेका छन् ।

सेयर बजारमा आज सबैभन्दा धेरै कारोबार एनएमबी बैंकको रहेको छ । उसको १२ करोड ५६ लाख रुपियाँको कारोबार भएको छ । दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड ८२ लाख रुपियाँ छ । नाफा धेरै गर्नेमा फष्ट माइक्रोफाइनान्ससहित ११ वटा कम्पनीको सेयर नौ प्रतिशतभन्दा बढिले बढेको छ । धेरै घाटा खानेमा तारागाउँ रिजेन्सी होटलका लगानीकर्ता रहेका छन् ।

Advertisement

Advertisement

Advertisement