अर्थमन्त्री खतिवडाले सम्हाले सञ्चार मन्त्रालयको पनि जिम्मेवारी

Advertisement

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समेत पदभार ग्रहण गरेका छन् ।

७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले गत विहीबार पदबाट राजीनामा दिएका थिए ।

बास्कोटाको राजीनामापछि राष्ट्रपति कार्यालयले खतिवडालाई गत बिहीबार अपरान्ह सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

Advertisement

Advertisement

Advertisement