कोरियाको प्रभावः नेपालबाट कोरिया जाने रोकिए, दूतावास भन्छ-‘विशेष सावधानी अपनाउनू’

Advertisement

काठमाडौँ । दक्षिण कोरियाको सिओल स्थित नेपाल राजदूतावासले कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै बच्ने उपायहरुबारे प्रचार गरिरहेको जनाएको छ ।

दुतावासले आइतबार प्रकाशित गरेको सूचनामा दक्षिण कोरियामा शनिबारसम्म कोरोनाका संक्रमितहरुको संख्या ४ सय जना नाघेको जनाएको छ ।

कोरियाली सरकार र सम्बद्ध स्वास्थ्य निकायहरुले समय समयमा जारी गर्दै आएका सुरक्षाका उपायहरु प्रभावकारी ढंगल अवलम्बन गर्न हाल दक्षिण कोरियामा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा विशेष अनुरोध छ–विज्ञप्तिमा उल्लेख छ ।

हाल सबैभन्दा धेरै संख्यामा संक्रमितहरु देखा परेका थेगु तथा आसपासका क्षेत्रमा रहेका नेपाली विधार्थीहरु, अन्य पेशा व्यवसाय र श्रम गरी बसेका नेपालीहरुलाई विशेष सावधानी अपनाउन पनि दूतावासले अनुरोध गरेको छ ।

कोरियामा वैदेशिक रोजगारीको शिलशिलामा ४४ नेपालीहरु बसोवास गर्दै आएका छन् ।



नेपालीलाई कोरोनाले कोरिया जान रोक्यो
यता, श्रम विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले कोरियामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत हप्तादेखि कोरिया जाने कामदारहरुको उडान रोकेको छ ।

शाखाका निर्देशक कृष्ण खनालका अनुसार गत हप्ता करिब २ दर्जन कामदार तालिका अनुसार उड्न नपाएका हुन् ।

आगामी फागुन १८ गतेलाई ४० जना कामदार पठाउने गरी कार्यसूची बनाए पनि अवस्था सहज नहुने देखिएको शाखाका निर्देशक खनालले उल्लेख गरे ।

सन् २०२० मा करिब साढे ७ हजार नेपाली कोरिया जाँदैछन् । तर, कोरियामा पनि कोरोनाको संक्रमण फैलिँदै गएपछि अवस्था हेरेर मात्रै कामदारलाई पठाउन सुरु गरिएको उनले बताए ।

Advertisement

Advertisement

Advertisement