मिर्मिरे लघुवित्तको सीईओमा राजेन्द्र न्यौपाने नियुक्त, बोहराले दिएको राजीनामा स्वीकृत

Advertisement

काठमाडौँ । बनेपाका केन्द्रीय कार्यालय भएको मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा राजेन्द्रप्रसाद न्यौपाने नियुक्त भएका छन् ।

शनिबार बसेको सञ्चालक समितिको बैठकले चैत १ गतेदेखि लागु हुने गरी न्यौपानेलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

संस्थाका सीईओ बिर्खबहादुर बोहराले दिएको राजीनामा फागुन ३० गतेदेखि लागु हुने गरी स्वीकृत गर्दै नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरिएको कम्पनी सचिव तुलसीराम पाठकले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement