एनआरएन लघुवित्तको एजीएमबाट किसान र दिव्य लघुवित्त गाभ्ने प्रस्ताव पारित गरिने

Advertisement

काठमाडौँ । धनगढीमा केन्द्रीय कार्यालय रहेको एनआरएन लघुवित्त वित्तीय संस्थाको प्रथम साधारण सभा फागुन १६ गते हुने भएको छ ।

माघ २३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार बिहान ११ बजे होटल साथी प्रालि धनगढीमा साधारण सभा हुने भएको हो ।

साधारण सभाले किसान माइक्रोफाइनान्स वित्तीय संस्था र दिव्य लघुवित्त वित्तीय संस्थालाई गाभ्ने विशेष प्रस्ताव पारित गर्ने जनाइएको छ । साथै वित्तीय संस्थामा यस अघि गाभिएका क्रियटिभ र रामारोशन लघुवित्तको मर्जलाई अनुमोदन समेत गर्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement