टर्की र ग्रिस पठाइदिन्छु भनी ३९ लाख ५६ हजार ठगी गर्ने पक्राउ

Advertisement

काठमाडौँ । टर्की र ग्रिस पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ बुधबारे घर भई काठमाडौँको चुच्चेपाटी बस्ने कमलप्रसाद पोखरेललाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।

टर्की र ग्रिसमा आकर्षक तलब दिने प्रलोभनमा पारेर उनले विभिन्न समयमा ३२ जनाको रु ३९ लाख ५६ हजार ठगी गरेको महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । पैसा लिएर फरार भएका उनलाई महाशाखाको टोलीले काठमाडौँको टेकुबाट पक्राउ गरेको थियो ।

आवश्यक अनुसन्धानपछि उनलाई थप कारवाहीका लागि आज वैदेशिक रोजगार विभागमा बुझाइएको महाशाखाले जनाएको छ । उनीविरुद्ध गोपीराम पराजुलीले माग १२ गते ठगीको उजुरी दिएको र सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement