उद्योग बाणिज्य महासंघको साधारण सभा चैत २८-२९ गते हुने, त्यसपछि शेखर गोल्छा स्वतः अध्यक्ष

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारण सभा चैत २८ र २९ गते हुने भएको छ ।

संस्थाकी अध्यक्ष भवानी राणाको अध्यक्षतामा आइतबार बसेको कार्यसमितिको बैठकले चैत २८ र २९ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।

आगामी साधारणसभापछि बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघमा विधान अनुसार स्वतः अध्यक्ष हुने छन् । त्यसपछि बरिष्ठ उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ । महासंघका उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकालले बरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

महासंघको कार्यकारिणी सदस्यको बैठकले विधान संसोधनको जिम्मा नयाँ कार्यसमितिलाई दिने निर्णय गरेको महासंघका एक सदस्यले बताए ।

Advertisement

Advertisement

Advertisement