‘बीओके सहज बचत खाता’ सार्वजनिक, वार्षिक ६% ब्याजदर, यस्ता छन् अरु विशेषता

Advertisement

काठमाडोँ । बैंक अफ काठमाण्डूले २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ‘बीओके सहज बचत खाता’ सार्वजनिक गरेको छ । ग्राहकसँगको २५ वर्षसम्म निरन्तर सहयात्राको अवसरमा सौगात स्वरुप बैंकले उक्त खाता संचालनमा ल्याएको हो ।

‘२५ वर्ष देखि सफलतालाई सहज बनाउँदै’ भन्ने मुल नाराका साथ सार्वजनिक गरिएको उक्त खाता ग्राहकहरुले मात्र रु २५ मा नै खोल्न सक्नेछन् ।

उक्त बचत खातामा उच्चतम ब्याजदरको ब्यवस्था सहित थुप्रै निःशुल्क सुबिधाहरु रहेका छन् । वार्षिक ६% ब्याजदर, न्यूनतम् मौज्दात रु २५ मात्र, त्रैमासिक ब्याज भुक्तानीको सुबिधा, पहिलो वर्ष निःशुल्क डेबिट कार्डको ब्यवस्था, पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ्गको ब्यवस्था र पहिलो वर्ष निःशुल्क इन्टरनेट बैंकिङ सुबिधा रहेको बैंकले जनाएको छ ।

साथै, अन्य ग्राहकमुखी विशेषताहरु सहित संचालनमा ल्याएको उक्त खाताले ग्राहकहरुको जीवन अझ सहज बनाउने बिश्वास बैंकले लिएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement