शेयर बजारमा कारोबार बढेपछि बोल्यो नेप्से, ‘अनलाइन कारोबारले पूँजी बजारमा नयाँ किर्तिमान’

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले अनलाइन कारोबार प्रणाली औपचारिक रुपमा सञ्चालनमा आएपछि शेयर बजारमा क्रमिक रुपमा कारोबार बढेको जनाइको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले आइतबार साँझ विज्ञप्ति प्रकाशित गर्दै उक्त कुरा जनाएका हुन् ।

यसैबीच हिजो आइताबार दोश्रो बजार कारोबारले नयाँ उचाई छायो । आइतबार ३०४५७ कारोबारमा ३ अर्ब ६० करोड ८५ लाख रुपियाँ बराबरका ८७ लाख ६९ हजार ५ सय २२ कित्ता शेयर किनबेच भएको थियो ।

तथ्याङ्क अनुसार कारोबार रकम, कारोबार संख्या र कारोबार भएको शेयर संख्याका आधारमा आइतबार नेपालको पूँजी बजारमा नयाँ किर्तिमान कायम भएको छ–प्रवक्ता पराजुलीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

आइतबार भएको कारोबार रकम मध्ये ४४ प्रतिशत( १ अर्ब ५९ करोड, ७९ लाख रुपियाँ) अनलाइन मार्फत भएको देखिएको छ । कारोबारमा संलग्न १२२९५ लगानीकर्ता मध्ये ३१८८ जनाले अनलाइन मार्फत ४९८४४ आदेश प्रविष्ट गरी १५१८४ को संख्यामा कारोबार गरेका छन् ।

यसैगरी अनलाइन मार्फत ३८४०९०२ कित्ता शेयर किनबेच गरेका छन् । हालसम्म अनलाइन कारोबार गर्नका लागि युजरनेम र पासवर्ड लिने लगानीकर्ताको संख्या २१६७४ रहेको नेप्सेले जनाएको छ ।

लगानीकर्ताको सुबिधाको लागि नेप्सेले कारोबार प्रणाललाई सीडीएससीएल तथा एनसीएचएलको प्रणालीसंग जोडेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement