सुनको मूल्य प्रतितोला १५ सय रुपियाँले बढ्यो, यस्तो छ आजको बजार भाउ

,   १२ फाल्गुन २०७६, सोमबार, ११:५१ am   
gold-trafficking-tia

काठमाडौं । सुनचाँदीको मूल्यले दिनदिनै नयाँ किर्तिमान कायम गरिरहेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य १५ सय रुपियाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८० हजार ३०० रुपैयाँमा कारोबार भएको छ । आइतबार ७८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी तेजावी सुन प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ भने आइतबार प्रतितोला ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

aecc

चाँदीको मूल्य भने आइतबार ९२० रुपैयाँमा कारोबार भएकोमा सोमबार ५ रुपियाँले बढेर ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।