एलजीको ‘रेड फेयरमा ५० प्रतिशतसम्म छुट

Advertisement

काठमाडौं । एलजीले यही फागुन ११ गतेदेखि ‘एलजी रेड फेयर’ ल्याएको छ । यसअन्तर्गत एलजीको सामानहरुको खरिदमा ५० प्रतिशतसम्म छुट पाउन सकिन्छ ।

इनोभेसन फर बेटर लाईफको लक्ष्यसहित एलजीले सधै ग्राहकहरुको लागि नविन घरायसी सामग्रीहरु उपलब्ध गराउँदै आएको छ । जसले आकर्षक जीवनशैली झल्काउने एलजीको नेपालको आधिकारिक बिक्रेता सिजी इम्पेक्सले जनाएको छ ।

एलजीले टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, माईक्रोवेभ ओभन, साउण्ड सिस्टम, भ्याकुम क्लिनर, एयर प्युरिफायर, एसी र डिस्वासर जस्ता अत्यावश्क सामग्री ग्राहकहरुको लागि नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।

रेड फेयरअन्तर्गत ‘लक्की ड्र’मार्फत बम्पर उपहारमा एक जोडीले ताज मेघौली सेराई घुम्ने अवसर पाउनेछन् र हरेक हप्ता लक्की ड्र मार्फत एलजीको अडियो सिस्टम पनि जित्न सक्नेछन् ।

लक्की ड्र मा भाग लिनको लागि एलजी–स्पेस–नाम–कमा–मोडल नम्बर–कमा–सेरियल नम्बर–ठेगाना टाइप गरी ३४३४३ मा एसएमएस पठाउनुपर्ने छ ।
यो योजना एलजीका सबै व्यपारिक केन्द्रहरुबाट पाउन सकिने कम्पनीले जनाएको छ । योजना सीमित अवधिको लागि नेपाल भरी लागू हुनेछ ।

Advertisement

Advertisement

Advertisement