एनआईसी एशियाका ग्राहकलाई सोनी ब्राभिया टेलिभिजन खरिदमा १० प्रतिशत छुट

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंक र नेपा हिमा ट्रेड लिंक प्रालिबीच बैंकका ग्राहकहरूलाई सोनीका आउटलेटहरू तथा केही आधिकारिक विक्रेताहरूबाट सोनी ब्राभिया टेलिभिजनको खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार यस बैंकका ग्राहकहरूले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा बैंकको आफ्नै पीओएस र क्यूआर कोड प्रयोग गरी सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १०% वा अधिकतम रू. २,०००/- सम्म छुट प्राप्त गर्न सकिनेछ । यो योजना फागुन १२ गतेदेखि २९ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement