तेह्रथुमको आठराई गाउँपालिकामा नेपाल बैंकको १७७औँ शाखा

Advertisement

काठमाडौँ । नेपाल बैंक लिमिटेडको आठराई शाखा आइतबारदेखि सञ्चालनमा आएको छ ।

प्रधानमन्त्री के पी शर्मा ओलीले आइतबार एक विशेष समारोहका बीच डिजिटल प्रविधिबाट अपरेटिङ्ग सिष्टम कनेक्ट गरी शाखाको उद्घाटन गरे । उद्घाटनपछि तेह्रथुम जिल्ला, आठराई गाउँपालिका वडा नं. १, संक्रान्ति बजारमा अबस्थीत आठराई शाखाबाट आइतबारदेखि सम्पूर्ण बैंकिङ्ग कारोबार सुचारु भएको हो ।

शाखाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल बैंकको १७७ औं शाखाको रुपमा पुनःस्थापित आठराई शाखाले यस भेगमा नै बैंकिङ्ग कारोबार मार्फत आर्थिक विकासमा मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले अन्य प्रतिस्पर्धी बैंकहरुको तुलनामा नेपाल बैंकमा कर्जामा कम व्याजदर हुनुका साथै निक्षेपको सुरक्षण र सहुलियतपूर्ण कर्जा सुविधाहरु उपलब्ध भएकोले बैंकिङ्ग कारोबार मार्फत आफ्नो व्यावसाय विस्तार गर्न र उद्यमी बन्न सर्बै वर्ग समुदायलाई विश्वस्त पारे ।

नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले आमनागरिकहरुमा बैङ्किग पहँुच पु¥याउने लक्ष्यअनुरुप देशका विभिन्न स्थानहरुमा विगतमा बन्द भएका शाखाहरुको पुनःस्थापना तथा नयाँ शाखा कार्यालयहरु स्थापना गर्दै बैंकिङ्ग कारोवार गर्दै सबैं नेपालीलाई बैंकिङ्ग पहुँच पुर्याउने अभियानमा बैंक रहेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कुष्णबहादुर अधिकारीले व्यावसायिक सभ्याव्यताका आधारमा विभिन्न कर्जा सुविधा तथा निक्षेप योजनाहरु ल्याई सबैंसँग व्यावसायीक साझेदारीको रुपमा बैंक अगाडि बढेको बताउँदै बजारको माग अनुरुपका नयाँनयाँ कार्यक्रमहरुका साथ अत्याधुनिक बैंकिङ्ग सेवा सुविधा सहित बैंकले आफ्ना सबैं सेवाग्राहिहरुलाई सन्तुष्टि प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बैंकको प्रादेशिक कार्यालय प्रमुख उज्वलराज गौतमले स्वागत गरेका गरेका थिए । शाखा प्रबन्धक शेखर न्यौपानेको टिमले आठराई शाखाबाट बैंकिङ्ग सेवा सुचारु गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement