हुलाक कार्यालयका निमित्त प्रमुख  र सुब्बा बिरुद्ध ४ करोड बढीको भ्रष्टाचार मुद्दा

Advertisement

काठमाडौँ । जिल्ला हुलाक कार्यालय बझाङ्गका निमित्त कार्यालय प्रमुख रणबहादुर कडायत र नायब सुब्बा शिवराज उपाध्याय बिरुद्ध ४ करोड भन्दा बढीको भ्रष्टचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जिल्ला हुलाक कार्यालय बझाङ्गका कर्मचारीहरुले हुलाक वचत बैंकको रकम हिनामिना र हानिनोक्सानी गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा कडायत र उपाध्यायले भ्रष्टाचार गरेको पुष्टी भएपछि मुद्दा दर्ता गरेको बताए ।

कडायत र सोही कार्यालयमा खरिदार पदमा कार्यरत रही हाल सुर्मा गाउँपालिकामा नायब सुब्बा पदमा कार्यरत उपाध्यायले सार्वजनिक कोषको संरक्षण गर्नुपर्ने दायित्व विपरीत लापरवाही एवम् बदनियतपूर्ण रुपमा सार्वजनिक कोषको दुरुपयोग गरी मासेको पाइएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेकोले कडायतलाई बिगो दुई करोड चौरानब्बे लाख उनानब्बे हजार नौ सय एकहत्तर रुपैयाँ बैसट्ठी पैसा र उपाध्यायलाई दुई करोड चौबीस हजार आठ सय उनानसत्तरी रुपैयाँ बयासी पैसा बिगो कायम गरी विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement