घरजग्गामा बैंकहरुको लगानी बढ्यो

Advertisement

काठमाडौं । रियलस्टेट अर्थात् घरजग्गा क्षेत्रमा बैंकहरुको कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुुसार चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले रियलस्टेट क्षेत्रमा मात्र कुुल एक खर्ब ६१ अर्ब १२ करोड ४० लाख रुपियाँ कर्जा प्रवाह गरेका छन् ।

बैंक तथा फाइनान्स कम्पनीहरुको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदनअनुुसार सञ्चालनमा रहेका २७ वटा विकास बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २४ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीहरुले यही पुस मसान्तसम्ममा उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुुन् । राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ३५ खर्ब ६० अर्ब ५४ करोड ३० लाख र ३१ खर्ब ६१ अर्ब ३५ करोड १० लाख रुपियाँ रहेको छ ।

चालू आवको पछिल्लो छ महिनामा वाणिज्य बैंकहरुले मात्र कुुल ३० खर्ब ६२ अर्ब २१ करोड ३० लाख रुपियाँ निक्षेप संकलन गरी २७ खर्ब ३५ अर्ब २९ करोड ८० लाख रुपियाँ कर्जा प्रवाह गरेका छन् । सोमध्ये रियलस्टेट क्षेत्रमा मात्र प्रवाह भएको कर्जा रकम एक खर्ब ३३ अर्ब ९९ करोड ६० लाख रुपियाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैगरी विकास बैंकहरुले पनि यस अवधिमा चार खर्ब १६ अर्ब आठ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ५५ अर्ब ९४ करोड ९० लाख रुपियाँ कर्जा प्रवाह गरेको छ । सोमध्ये रियलस्टेट क्षेत्रमा मात्र प्रवाह भएको कर्जा रकम १९ अर्ब ९१ करोड १२ लाख रुपियाँ रहेको छ । राष्ट्र बैंकका अनुसार फाइनान्सहरुले भने चालू आवको पछिल्लो छ महिनामा ८२ अर्ब २४ करोड ४० लाख रुपियाँ निक्षेप संंकलन गरी ७३ अर्ब ६२ करोड ७० लाख रुपियाँ कर्जा प्रवाह गरेका छन् । सोमध्ये रियलटेट क्षेत्रमा मात्र फाइनान्स कम्पनीहरुले सात अर्ब २१ करोड ७० लाख रुपियाँ कर्जा प्रवाह गरेका छन् ।

आर्थिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement