सिटिजन्स बैंकको ऋणपत्र फागुन २० गते बिक्री खुल्ला, न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सकिने

Advertisement

काठमाडौँ । सिटिजन्स बैंक लिमिटेडको ‘१०.२५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६’ को फागुन २० गतेदेखि निष्काशन तथा बिक्री खुल्ला हुने भएको छ ।

दश वर्ष अवधि तथा १०.२५ प्रतिशत ब्याजदर भएको रु. २ अर्ब ५० करो बराबरको प्रति डिबेञ्चर रु. १००० अंकित मूल्यका २५००००० कित्ता मध्ये १० लाख कित्ता डिबेञ्चरले हुन आउने कूल रु. १ अर्ब ऋण पूँजी रकम(५ प्रतिशत अर्थात ५०००० कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको मध्ये ३०००० कित्ता बाँडफाँड गरिएको) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशन बाट बिक्री गरिने लागेको हो ।

बाँकी १५ लाख कित्ता डिबेञ्चरले हुन आउने रु. १ अर्ब ५० करोड ऋण पूँजी रकम विभिन्न व्यक्ति वा संघ संस्थालाई व्यक्तिगत तवरले बिक्री गरिने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

ऋण पत्रका लागि न्यूनतम २५ कित्ता र अधिकतम ९ लाख ७० हजार कित्ता सम्मको लागि आवेदन दिन सकिने छ । ऋणपत्रको बिक्री फागुन २० गतेदेखि खुल्ला भई छिटोमा फागुन २३ गते र ढिलोमा चैत ४ गते बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement