उच्च दरले बढ्दै आएको सुनको भाउमा आज सामान्य गिरावट

Advertisement

काठमाडौं । पछिल्ला दिलनमा उच्च दरमा बढ्दै आएको सुनको भाउमा मंगलबार सामान्य गिरावट भएको छ । आज सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले घटेर ८० हजार रुपियाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला तीन सयले घटेको हो । त्यस्तै तेजावी सुनको मूल्य घटेर प्रति तोला ७९ हजार सात सय कायम भएको छ भने चाँदी प्रति तोला ९२५ रूपियाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य आज पाँच रुपियाँले बढेको हो ।

चीनमा देखिएको कोरोना भाइरसको प्रभावले विश्व अर्थतन्त्रमा असर परेकाले सुनको भाउमा पछिल्ला दिनमा उच्च दरमा वृद्धि भइरहेको छ । विशेषगरी सेयर बजारमा भाइरसको असर परेकाले लगानीकर्ताले सुनमा लगानी बढाएको नेपालको सुनचाँदी व्यवसायीको भनाई छ ।

Advertisement

Advertisement

Advertisement