घुस मागेको अडियो बाहिरिएसँगै गोकुल बाँस्कोटाविरुद्ध भक्तपुरमा सामाजिक बहिस्कार सुरु

Advertisement

 

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा ७० करोड रुपियाँभन्दा बढि घुस मागेको अडियो बाहिरिएसँगै राजीनामा दिएका निवर्तमान सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाविरुद्ध भक्तपुरमा सामाजिक बहिस्कार अभियान सुरु गरिएको छ ।

स्थानीयको विरोधकै कारण प्रधानमन्त्रीको निजी निवास बालकोटमा बस्दै आएको बाँस्कोटा लोकन्थलीस्थित आफ्नो निजी निवासमा सर्न बाध्य भएको बेला लोकन्थलीका स्थानीयले पनि विरोध सुरु गरेका छन् ।

बाँस्कोटासहित सबै भ्रष्टहरुलाई सामाजिक बहिस्कार गरौं भन्दै स्थानीयले माइकिङ गर्दै घरघर गएर स्थानीयलाई जगाउन थालेको भिडियोमा देख्न सकिन्छ । बालकोटकै एक स्थानीय हिरामायाले बाँस्कोटा जस्ता भ्रष्टहरुलाई टोलमा राख्न नहुने भन्दै टोलकै मानिसहरु सडकमा उत्रिए पनि प्रधानमन्त्री निवास घेरेर बाँस्कोटालाई बस्न नदिएको कुरा भने सत्य नभएको बताइन् । विरोधको नाममा भ्रष्टाचार प्रमाणित नभई र सत्यतथ्य प्रमाणित नभई बाहिस्कार गर्नु त्यति राम्रो नहुने उनको भनाई छ ।

उनले बाँस्कोटा अहिले प्रधानमन्त्री ओलीको निजी निवासमा नरहेको बताउँदै संभवतः स्थानीयकै विरोधका कारण अन्यत्र बसेको हुनसक्ने बताइन् । लोकन्थलीस्थित आफ्नो घरको तला थप्दै आएको बाँस्कोटा अहिले आफ्नो घरमा पनि नरहेको त्यहाँका एक स्थानीयको भनाई छ । उनले आफूहरुले यसअघि पटक पटक बाँस्कोटा आउने गरे पनि अडियो प्रकरण बाहिर आएपछि उनलाई नदेखेको बताए ।

सामाजिक बहिस्कारमा उत्रिएका भक्तपुरका बासिन्दाले आफूहरु बाँस्कोटालाई मात्रै नभएर भ्रष्टाचारमा संलग्न शेरबहादुर देउवा, केपी ओलीलगायतका सबै नेताविरुद्ध उत्रिएको बताएका छन् ।



https://www.facebook.com/RealisticNepal/videos/633478267386353/

Advertisement

Advertisement

Advertisement