कोरोनाका कारण कोरियामा कामदार पठाउन रोक्यो सरकारले

Advertisement

काठमाडौ । नेपाली कामदारहरुको आकर्षण बन्दै आएको दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिएपछि नेपालबाट कामदार पठाउन बन्द गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना भाइरसको समस्या सामान्य नभएसम्म कोरियामा कामदार नपठाइने निर्णय गरेको हो ।

श्रम मन्त्री, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले दक्षिण कोरियामा कोराना भाइरसको समस्या जटिल बन्दै गएकाले तत्काललाई नेपाली कामदार नपाउने निर्णयमा पुगिएको बताएका छन् । मन्त्रालयले सरोकारवालासँग छलफल गरी तत्कालका लागि कामदार नपठाउने निष्कर्षमा पुगेको हो ।

कोरियामा कोरानाको समस्या देखिएसँगै कोरिया जाने तयारीमा रहेका नेपाली कामदारहरुलाई रोकिँदै आएको थियो । चीनमा फैलिएको कोरोना भाइरसको असर छिमेकी कोरियाको थेगु असरमा समेत देखिन थालेसँगै त्यहाँ कार्यरत हजारौं नेपाली कामदार त्रसित अवस्थामा रहेका छन् ।

Advertisement

Advertisement

Advertisement