ड्याट्सन गाडी किन्ने १० जोडीले पाए थाइल्याण्ड भ्रमणको अवसर

Advertisement

काठमाडौँ । नेपालमा ड्याट्सन गाडीको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रालिले दशैँतिहारको उपलक्ष्यमा सञ्चालन गरेको ड्याट्सन हट डिल योजनाका विभिन्न पुरस्कार घोषणा गरेको छ ।

थापाथली शो रुममा मंगलबार आयोजित एक समारोहमा पुरस्कार घोषणा गरिएको हो ।

लक्की ड्र प्रक्रियाद्वारा १० जना भाग्यशाली जोडीले थाइल्याण्ड भ्रमणको अवसर पाएका छन् । त्यसैगरी ५ जना भाग्यशाली ग्राहकले १०–१० ग्रामको सुनको सिक्का उपहार पाएका छन् ।

यस योजना अन्तरगत नयाँ कार खरिद गर्ने सबै ग्राहकहरु ड्याट्सन हट डिल लक्की ड्र का लागि योग्य मानिएका थिए ।

पायोनियर मोटो कर्पले ड्याट्सन न्यू गो तथा ड्याट्सन रेडी गो ०.८ लिटर र १.० लिटर तथा गो प्लसको आधिकारिक बिक्रेता हो ।

Advertisement

Advertisement

Advertisement