पाइलटको कमजोरीका कारण गत बर्ष ताप्लेजुङमा हेलिकप्टर दुर्घटनाः छानविन आयोग

Advertisement

काठमाडौं । तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जाने गरी ताप्लेजुङको पाथीभारा नजिक भएको हेलिकप्टर दुर्घटनामा पाइलटको कमजोरी रहेको छानविन आयोगले निष्कर्ष निकालेको छ ।

एक वर्षअघि ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाको मुख्य कारक पाइलट रहेको भन्दै पूर्वसचिव यज्ञ गौतमको संयोजकत्वको छानविन आयोगले आफ्नो प्रतिवेदनमा पाइलट प्रभाकर केसीलाई मुख्य दोषी औंल्याइएको छ ।

प्रतिवेदनले उच्च हिमाली भेगमा अक्सिजन अभावका कारण हुने युफोरियाले पाइलटलाई प्रभावित पारेको र युफोरियाले पाइलटको निर्णय गर्ने क्षमतामा ह्रास ल्याएको औंल्याएको छ । पाथीभरा मन्दिरमा अवतरण गरेलगत्तै हतार हतार फर्किने क्रममा हेलिकप्टर दुर्घटना हुँदा यती समूहका प्रमुख आङछिरिङ शेर्पाको समेत मृत्यु भएको थियो ।

युफोरियाको प्रभाव परिरहेको बेला हतार हतार हेलिकप्टर उडाउन नहुने कुरालाई पाइलटले उपेक्षा गरी हेलिकप्टर उडाउनु गलत हो भन्दै जसका कारण अक्सिजनको अभाव भई युफोरिया भएको र पाइलट निर्णय गर्न नसक्ने अवस्थामा पुगी हेलिकप्टर दुर्घटना भएको जनाइएको छ ।

पाइलट प्रभाकर केसी तालिमप्राप्त र सबै मापदण्ड पूरा गरेको पाइलट भए पनि दुर्घटनाको दिन उनले युफोरियाको समस्यालाई ख्याल नगरेको पाइएको प्रतिवदेनमा उल्लेख छ । पाइलटले सुरुमा एटीएस रिपोर्टिङ अफिसमा सुरुमा पाँचथर उडानका लागि अनुमति लिए पनि उडाउने बेलामा रेडियोमार्फत तेह्रथुम जान लागेको जानकारी दिएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement