निसान फेस्टिभ ड्राइभ लक्की ड्र स्किमका बिजेता घोषणा, १० जनालाई मलेसिया भ्रमणको मौका

Advertisement

काठमाडौँ । निसान गाडीको आधिकारिक वितरक तथा बजार ब्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले चाडपर्वको अवसरमा सञ्चालन गरेको फेस्टिभ ड्राइभ लक्की ड्र स्किमको बिजेता घोषणा गरेको छ ।

लक्की ड्र द्वारा १० जना भाग्यशाली बिजेताहरुले मलेसिया भ्रमणको मौका पाएका छन् भने ५ जनाले १० ग्रामको सुनको सिक्का उपहार पाएका छन् ।

उक्त योजना अन्तरगत हरेक निसान गाडी खरिद गर्ने ग्राहकहरुले लक्की ड्र स्किममा भाग लिने मौका पाएका थिए । सोही स्किमको बिजेताहरुको घोषणा मंगलबार पायोनियर मोटो कर्प प्रालिको थापाथली स्थित शोरुममा एक समारोहका बीच गरिएको हो ।

उक्त समारोहमा पायोनियर मोटो कर्पका अधिकारीहरुले बिजेताहरुलाई बधाई दिनुका साथै सबै सहभागीहरुलाई धन्यबाद दिएका थिए ।

हाल पायोनियर मोटो कर्पले नेपालमा निसान माइक्रा, सन्नी, किक्स, नभारा, एक्स–ट्रेल, उर्भान र प्याट्रोल गाडीहरु बिक्री गरिरहेको छ । चाँडैनै निसानको नयाँ इलेक्ट्रिक गाडी लिफ पनि नेपालमा भित्र्याउने तयारी गरिरहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement