खानी विभागको महानिर्देशकमा रामप्रसाद घिमिरे नियुक्त

Advertisement

काठमाडौं । खानी तथा भूगर्भ विमागको महानिर्देशकमा राम प्रसाद घिमिरे नियुक्त भएका छन् ।  डा. सोमनाथ सापकोटाले अवकास पाएदेखि नै घिमिरेले निमित्त महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनलाई सरकारले महानिर्देशक नियुक्त गरेको हो र बुधबारदेखि कार्यभार सम्हाल्ने घिमिरेले बताए ।

उनी बि.स. २०५१ सालमा शाखा अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए ।
घिमिरले कोलोम्बो प्लान अन्तर्गतको छात्रवृद्धि प्राप्त गरि भारतबाट माइनिङ इञ्जिनियरिङ अध्ययन गरेका छन् ।

विभागले अघि बढाईरहेका कामहरुलाई तिब्रता दिने, सुशासन र पारदर्शितामा जोड दिने तथा केहि नयाँ कार्य आरम्भ गर्ने योजना बनाएको घिमिरेले कर्पाेरेट नेपाललाई बताए ।

Advertisement

Advertisement

Advertisement