बैंकहरुमा निक्षेप बढ्यो, तर वृद्धिदर गत बर्षको भन्दा कम

,   १४ फाल्गुन २०७६, बुधबार, ०९:०२ am   
money_cash

काठमाडौं । बैंकिङ क्षेत्रको निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकका अनुुचार चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा बैंकिङ क्षेत्रको निक्षेपमा छ दशमलव दुई प्रतिशतले बढेर ३५ खर्ब ६० अर्ब ५४ करोड ३० लाख रुपियाँ पुगेको छ ।

सो अवधिमा २७ वटा वाणिज्य बैंकहरुले ३० खर्ब ६२ अर्ब २१ करोड ३० लाख, २४ वटा विकास बैंकहरुले चार खर्ब १६ अर्ब आठ करोड ६० लाख र २२ वटा फाइनान्स कम्पनीहरुले ८२ अर्ब २४ करोड ४० लाख रुपियाँ समेत गरी उक्त परिमाणमा निक्षेप संकलन भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप सात दशमलव सात प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार अघिल्लो आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको यस्तो निक्षेप ३० खर्ब ६६ अर्ब एक करोड ७६ लाख १० हजार रुपियाँ रहेको थियो । उक्त अवधिमा २८ वटा वाणिज्य बैंकहरुले २६ खर्ब ५६ अर्ब ९३ करोड ६५ लाख ३० हजार, ३३ वटा विकास बैंकहरुले तीन खर्ब ४१ अर्ब ५० करोड ६२ लाख २० हजार र २४ वटा फाइनान्स कम्पनीहरुले ६७ अर्ब ५७ करोड ४८ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरेका थिए । वार्षिक विन्दुगत आधारमा २०७६ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १६ दशमलव तीन प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार २०७६ पुस मसान्तमा चल्ती, बचत र मुद्दतीको कुल निक्षेपमा क्रमशः आठ दशमलव पाँच प्रतिशत, ३१ दशमलव एक प्रतिशत र ४९ दशमलव दुुई प्रतिशत अंश रहेको छ ।

अघिल्लो वर्र्षको सोही महिनामा यस्तो अंश क्रमशः आठ दशमलव छ प्रतिशत, ३३ दशमलव तीन प्रतिशत र ४७ दशमलव नौ प्रतिशत रहेको थियो ।राष्ट्र बैंकका अनुसार २०७६ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५ दशमलव एक प्रतिशत रहेको छ । २०७५ पुस मसान्तमा पनि यस्तो निक्षेपको अंश ४५ दशमलव एक प्रतिशत नै रहेको थियो । यसैगरी चालू आवको पछिल्लो छ महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा आठ दशमलव प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १२ दशमलव सात प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १५ दशमलव एक प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको २०७६ पुस मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६४ दशमलव नौ प्रतिशत घरजग्गाको धितोमा र १३ दशमलव पाँच प्रतिशत चालु सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ ।

aecc

आर्थिक दैनिकबाट ।