काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले २५औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ‘बिओके स्र्माट’ मार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा टपअप गर्दा ग्राहकहरुले कारोबार रकमको २५% नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको छ ।
ग्राहकहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि बिओके स्र्माटबाट गरिने पहिलो कारोबार अन्र्तगत पहिलो टपअप कारोबारमा गर्नुपर्ने छ ।
बैंकले ‘अब पाउनुहोस्, मोबाइल भुक्तानी मै आम्दानी’ भन्ने मूलनाराका साथ सार्वजनिक गरेको उक्त योजना सीमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन अनुरोध गरेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।