दीपज्योति ओभरसिजको कारोबार रोक्का, वैदेशिक रोजगार सम्बन्धी कारोबार नगर्नूः विभाग

Advertisement

काठमाडौँ । वैदेशिक रोजगार विभागले दीपज्योति ओभरसिज प्रालिको सम्पूर्ण कारोबार रोक्का रहेकाले उक्त कम्पनीसँग कुनै कारोबार नगर्न सचेत गराएको छ ।

वैदेशिक रोजगार व्यवसाय गर्ने इजाजत पत्र प्राप्त(हाल कारोबार रोक्का गरिएको छ) दीपज्योति ओभरसिज(लाइसेन्स नम्बर ६५२/०६३/६४) महाराजगञ्ज काठमाडौँले विभिन्न व्यक्तिहरुबाट पैसा उठाइरहेको मौखिक र लिखित जानकारी पछि विभागले सम्बन्धित व्यक्तिहरुलाई सचेत गराउँदै सूचना प्रकाशित गरेको हो ।

विभागले सो कम्पनीको आर्थिक कारोबार लगायत सम्पूर्ण कारोबार समेत रोक्का गरिसकेको हुँदा वैदेशिक रोजगार सम्बन्धी कुनै कारोबार नगर्न/नगराउन जानकारी सहित सूचना प्रकाशित गरेको जनाएको छ ।



 

Advertisement

Advertisement

Advertisement