नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा समर्थक उद्योगी व्यवसायीहरुको भेला गर्दै ढकालले उम्मेदवारी घोषणा गरेका हुन् । उनले पुस १७ गते गृह जिल्ला बाग्लुङबाट उम्मेदवारी दिने बताएका थिए ।

बुधबारको भेलाबाट भने उनले औपचारिक उम्मेदवारी घोषणा तथा शक्ति प्रदर्शन गरेका हुन् । ढकालको उम्मेदवारी घोषणमा पूर्व अध्यक्ष चण्ढीराज ढकालको पनि उपस्थिति थियो । त्यस्तै, बस्तु गत संघ तर्फका उपाध्यक्ष उमेश लाल श्रेष्ठ पनि ढकालको घोषणा सभामा उपस्थित थिए ।
चैत २८ र २९ गते हुने महासंघको साधारण सभा तथा निर्वाचनका लागि किशोर प्रधानले फागुन १ गते बिराटनगरबाट बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था अनुसार चैत २८ गतेबाट शेखर गोल्छा महासंघको अध्यक्ष बन्नेछन् । विधानको विद्यमान व्यवस्था अनुसार नै अहिले बरिष्ठ उपाध्यक्षमा निर्वाचत हुने व्यक्ति नै आगामी कार्यकालमा स्वतः अध्यक्ष बन्नेछन् ।

Advertisement

Advertisement

Advertisement