‘राष्ट्रिय सभा रिन्यु’ नभएपछि के होला अर्थमन्त्रीको पद ?

Advertisement

काठमाडौं । बुधबार बसेको नेकपा सचिवालय बैठकले फागुन २० गते रिक्त हुने राष्ट्रिय सभा सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णय गर्यो । यस अघि संबिधान संसोधन गरेर प्रधानमन्त्री बन्ने बाटो खोलिदिनुपर्ने अडानमा रहेका गौतम यतिबेला भने निःसर्त राष्ट्रिय सभामा जान तयार भएका छन् ।

अब उनी उप प्रधानसहित शक्तिशाली मन्त्री बन्नेछन भन्ने आंकलन गर्न थालिएको छ ।
गौतम राष्ट्रिय सभामा जान राजी भएपछि अर्थमन्त्री डा. युवराज खतिवडा बिस्थापन हुनेछन् ।
डा. खतिवडाले बुधबार मात्रै अर्थमन्त्री सम्हालेको २ वर्ष पुगेको छ । उनी २०७४ साल फागुन १४ गते नै अर्थमन्त्री बनेका थिए । उनलाई २०७४ फागुन ८ गते सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्य मनोनित गरेकी थिइन् ।

सम्भावनाको अंक गणित
त्यसो त खतिवडालाई आगामी बजेट ल्याएर मात्रै घर पठाउने मनस्थितिमा ओली रहेको पनि बताइन्छ । संबिधानले मन्त्री नियुक्त भएको ६ महिनाभित्र संघीय संसद(प्रतिनिधी सभा वा राष्ट्रिय सभा)को सदस्य बन्नु पर्ने व्यवस्था गरेको छ । त्यसका लागि मन्त्रीको सपथ पुनः लिनुपर्ने वा पुरानै मन्त्रीलाई निरन्तरता पाउने भन्नेबारे चाँही एकिन भएको छैन् ।

खतिवडालाई बजेट ल्याउने गरि निरन्तरता दिँदा कसैले अदालतमा मुद्धा हाल्न सक्ने जोखिम पनि देखिएको छ । अर्का तिर ६ महिनाका लागि मात्रै कायम रहने मन्त्रीलाई कर्मचारीतन्त्रले नटेर्ने सम्भावनालाई पनि मध्य नजर गर्दै ओलीले मार्ग प्रशस्त गराउने बारे पनि चर्चा सुरु भएको छ । त्यस्तो अवस्थामा डा. खतिवडा आफैंले राजीनामा गर्न पनि सक्ने बताइन्छ । उनी निकट श्रोत भन्छ–‘अहिलेसम्म केहि निश्चित भएको छैन ।’

Advertisement

Advertisement

Advertisement