राष्ट्रिय वाणिज्य बैंकले अस्पताल बनाउन किओचलाई दियो ५० लाख

Advertisement

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौं इन्ष्टीच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई अस्पताल भवन निर्माणको लागि ५० लाख रुपैंया आर्थिक सहयोग गरेको छ ।

बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किओचका संस्थापक अध्यक्ष प्राडा भगवान कोइरालाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले ५० लाख रुपैंयाको चेक किओचका संस्थापक अध्यक्ष कोइरालालाई हस्तान्तरण गरे ।

सो अवसरमा किओचका संस्थापक अध्यक्ष कोइरालाले हाल मुलुकभर करिब १ करोड २० लाख बालबालिका भएको र स्वास्थ्य उपचारको अवस्था कमजोर रहेकोमा बैंकको सिएसआरको पैसा बालबालिकाको उपचार हुने अस्पतालमा प्रयोग हुनु पूण्य कार्य भएको र यस्ता सहयोगले अधुरा परियोजनाहरु संचालनमा ल्याउन सघाउ पुग्ने बताए ।

बैंक संचालक समितिका अध्यक्ष अधिकारीले राज्यको पहँुच नपुगेको ठाउँमा रावा बैंकले सिएसआर मार्फत सेवा दिइरहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा, खेलकुद लगायतको क्षेत्रमा बैंकले सिएसआर मार्फत सहयोग गरिरहेको बताए ।

काठमाडौं इन्ष्टीच्युट अफ चाइल्ड हेल्थ(किओच) बाल स्वास्थ्यको क्षेत्रमा बहुविशिष्टीकृत एउटा अस्पलाल संचालन गर्ने, तालिम प्राप्त दक्ष जनशक्ति तयार गर्ने, गुणस्तर बृद्धि गर्ने, नियमनका विधि र प्रक्रियाको विकास गर्ने, नीति निर्धारण गर्ने लगायतका कार्य गर्ने गरी सवै प्रादेशिक बाल अस्पलातहरुका लागि श्रोत केन्द्रको रुपमा केन्द्रीय बाल अस्पताल संचालन गर्ने गरी स्थापना भएको बाल अस्पताल हो ।

काठमाडौंको बुढानिलकण्ठमा केन्द्रीय अस्पतालको रुपमा स्थापना हुने यो बाल अस्पताल मुनाफारहित कम्पनीको रुपमा रहेने र देशका सातै प्रदेशमा संचालन हुने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement