'मेरो मन्त्रिपरिषदले ललिता निवास र मातातीर्थको सरकारी जग्गा व्यक्तिको नाममा पास गरेकै हो, तर.....'

Advertisement

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवास र मातातीर्थको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने निर्णय गरेको स्वीकार गरेको छन् । संसदमा बुधबार विशेष समय लिएर बोल्दै उनले आफू नेतृत्वको तत्कालिन मन्त्रिपरिषदबाट यी दुवै विषयमा भएको निर्णयलाई फरक ढंगले हेर्नुपर्ने तर्क गरे । प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारको दुई बर्षे अवधिको प्रगतिबारे जानकारी दिन केही दिनअघि संसदमा सम्बोधन गर्ने क्रममा मातातीर्थको दुई सय रोपनीभन्दा बढि जग्गा व्यक्तिको नाममा पास गर्ने निर्णय गरिएकोले दोषीलाई कारवाही गर्ने संकेत गरेकका थिए ।

Advertisement

बाबुरामले आफ्नो नेतृत्वको सरकारले गरेको निर्णयको औचित्यमाथि प्रश्‍न उठाएकोले आफूले जवाफ दिनु उपयुक्त ठानेको भन्दै ललिता निवास प्रकरण र मातातीर्थ जग्गा प्रकरण अलग अलग भएको जिकिर गरे । प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिले मातातीर्थ क्षेत्रका बासिन्दा निदाउन नसकेको भन्दै भट्टराईले नेपाल ट्रस्टमा गएको मातातीर्थको जग्गा कुनै व्यक्ति विशेषलाई नदिएको बताए ।
ललिता निवास प्रकरणमा अन्जानमा आफूहरूबाट पनि गल्ती भएको हुनसक्‍ने बाबुरामको भनाई छ । उनले भने, ‘ललिता निवास प्रकरणमा भूमाफियाले हामीलाई झुक्क्याएको छ। ठूला घरानाले चलखेल गरेर बाडफाँड गरे। अन्जानमा केही निर्णय हामीले पनि गर्न पुग्यौं।’ तर मातातीर्थ क्षेत्रको जग्गा भने लामो समयदेखि मोहीले कमाउँदै आएकोले उनीहरुको नाममा पास गर्ने निर्णय आफ्नो मन्त्रिपरिषदबाट भएको उनको भनाई छ ।
नेता भट्टराईले ललिता निवास प्रकरण सरकार र कर्मचारीतन्त्रले गरेको लुटतन्त्र भएको बताउँदै त्यो विषय अदालतमा गइसकेकाले अदालतले नै निष्कर्ष निस्कने बताए । ललिता निवासमा जसरी मातातीर्थको जग्गा आसेपासेलाई नदिएको उनको भनाई छ ।भिडियो हेर्नुहोसः

Advertisement

Advertisement