जगशक्ति गोल्ड टीएमटीको प्रायोजनमा साहित्यिक एवम् मनोरञ्जन साँझ सम्पन्न

Advertisement

काठमाडौँ । राउण्ड टेबल नेपाल(छाता संगठन) अन्तर्गत रहेको वीरगंज फ्रेन्ड्स राउण्ड टेबल ८ ले गत शनिबार साहित्यिक एवम् मनोरञ्जन पूर्ण साँझ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको प्रयोजक जगशक्ति गोल्ड टीएमटी रहेको थियो ।

कार्यक्रममा विश्व हिन्दु संस्कृत विद्यापीठका बालबालिकाले स्वागत गान तथा नत्य गरेका थिए भने शुरुआतमा विख्यात जादूगर श्रीमन् सुमित खरबन्दाले जादू कला कौशल को प्रदर्शन गरे ।

करिब ६०० जना को उपस्थिति मा रहेको उक्त कार्यक्रम ३ घण्टा चलेको थियो भने संघीय सांसद प्रदिप यादव, वीरगंज म.न.पा. का मेयर विजय सरावगी, प्रदेश नं. २ का सांसद ओमप्रकाश शर्मा, राउण्ड टेबल नेपालका केन्द्रीय अध्यक्षसौरभ केडिया लगायत महिला, उद्योगी व्यापारी, संचारकर्मी को उपस्थिति थियो ।

कार्यक्रमलाई सफल तथा सघाउ बनाउने सबै प्रायोजक, सह–प्रायोजकहरु, ज्ञानदा एकेडमी, सञ्चारकर्मीहरु, कार्यक्रमको मूल रुपरेखा तयार गर्ने विशाखा अग्रवाल लगायत सबैलाई वीरगंज फ्रेन्ड्स राउण्ड टेबल ८ अध्यक्ष धीरज अग्रवालले धन्यवाद ज्ञापन गरेका थिए ।

Advertisement

Advertisement

Advertisement