डिशहोमले सञ्चालनमा ल्यायो मनोरञ्जनात्मक भोजपुरी च्यानल

Advertisement

काठमाडौं । डीटीएच सेवा प्रदायक डिशहोमले मनोरञ्जनपूर्ण भोजपुरी च्यानल सञ्चालनमा ल्याएको छ । नेपाली दर्शकहरुको मनोरञ्जनको चाहना लाई ध्यानमा राखेर यो च्यानल सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

डिशहोमले आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानलहरु संचालन गर्दै आएको छ । डिशहोमले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण हुने रमाईलो टिभी, नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्टस्, वालवालिकाहरुको लागी राईम्स र जुनिएर टिभी, घरमा नै बसेर नयाँ नयाँ नेपाली चलचित्र हेर्न सकिने सिनेमा घर, नेपाली चलचित्र मात्र प्रशारण हुने प्लस मुभि जस्ता विभिन्न च्यानल सञ्चालन गरिरहेकोमा भोजपुरी भाषाको ‘भोजपुरी म्याजिक’ नामक च्यानल पनि सुरु गरेको हो ।

भोजपुरी चलचित्र र गीतहरु प्रशारण हुने यस च्यानलले नेपाली दर्शकलाई भिन्न स्वाद र भरपुर मनोरञ्जन दिने कम्पनीको विश्वास छ । साथमा भोजपुरी भाषाको गीत गाउने कलाकारहरुले उपलब्ध गराएको गीतहरुसमेत यस च्यानलमा प्रशारण गरिने छ । यसबाट क्षेत्रीय भाषाको गीत गाउने स्थानीय कलाकारको प्रतिभालाई समेत नेपालभर पुर्याउन यस च्यानलले सहयोग गर्ने डिशहोमको भनाई छ ।

Advertisement

Advertisement

Advertisement