टर्किस एयरमा चेम्बर सदस्यलाई १० प्रतिशतसम्म छुट

Advertisement

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्सबीच आपसी समर्थन, लाभ र सहयोगको पहिचान स्थापनाको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्स बीच संस्थागत स्तरबाट र व्यक्तिगत स्तरमा सम्बन्ध विस्तार गर्ने कार्यक्षेत्रको सराहना भएको छ ।

समझदारीले दुई पक्ष दुवैका बीचमा राम्रो समन्वयको भावना जगाउँछ । नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्स बीचमा हस्ताक्षर समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्ससँग आवद्ध सदस्यहरूलाई उड्डयन सुविधाको क्षेत्रमा सहयोग गर्ने सहुलियत प्रधान गर्ने सहमति भएको छ । टर्कीस एयरलाइन्सले नेपाल चेम्बर अफ कमर्सलाई इकोनमी क्लासमा ७ प्रतिशतसम्म र बिजनेस क्लासमा १० प्रतिशतसम्म छुट दिने भएको छ ।

तर यो छुट प्रवद्र्धनात्मक प्रस्ताव र कोडशेयर उडानमा लागू हुने छैन् । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्स बीच बिद्यमान सम्बन्धलाई मध्यनजर गर्दै नेपाल–टर्कीसबीच आर्थिक तथा पर्यटन प्रवद्र्धनको लागि कोसेढुङ्गाको काम गर्ने बताए । उनले नेपाल चेम्बर अफ कमर्स र टर्कीस चेम्बर अफ कमर्स बीच व्यवसायिक लगानी, पर्यटन र व्यापार गर्ने सहकार्य भएको बताए ।

Advertisement

Advertisement

Advertisement