देउवाको आक्रोसः ७० करोडको अडियो प्रकरण लुकाउन मलाई नेपाल ट्रष्टको जग्गा भाडामा मुछियो

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा भाडामा दिँदा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन् । नेपाल ट्रष्टको कार्यालयले मंगलबार जारी गरेको स्वेतपत्रमा आफ्नो नाम जोडिएकोप्रति आपत्ति जनाउँदै देउवाले बुधबार वक्तव्य जारी गरेका छन् ।

उनले वक्तव्यमा प्रधानमन्त्री हुँदा आफ्ने संलग्नतामा कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा निर्णयहरु नभएको जिकिर गर्दै भनेका छन्, ‘म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन, मेरो सहभागिता बेगर भएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ ।’

ट्रष्टले जारी गरेको स्वेतपत्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडियो, नेपाल ट्रष्ट अन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा गरिएको गम्भीर अनियमिततालाई अन्यन्त्र मोड्न खोजेको भन्दै देउवाले कुनै पनि प्रकृतिका सुनियोजित भ्रमपूर्ण प्रचारबाट मुक्त भएर कमिसनतन्त्रका अनेक घटनाक्रमका विरुद्ध दवाबलाई निरन्तरता दिन अपिल गरेका छन् ।

Advertisement

Advertisement

Advertisement