छोटी भन्सारका सुब्बा बिरुद्ध १ लाख ५० हजारको भ्रष्टाचार मुद्दा

Advertisement

काठमाडौँ । छोटी भन्सार कार्यालय धनुषामा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारी बिरुद्ध १ लाख ५० हजारको भ्रष्टाचार मुद्दा गर्दा गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारको प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार नायब सुब्बा अन्सारीले नेपाल–भारत सिमा बजारबाट घरायसी सामानहरु ल्याउन सहज गराई दिन्छु भनी सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीका आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले सेवाग्राहीबाट एक लाख पचास हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा लगमा जटही छोटी भन्सार कार्यालय, धनुषामा अन्सारीले सेवाग्राहीलाई भारत सिमा बजारबाट नुन, तेल, चिनी तथा लत्ताकपडा लगायतका घरायसी सामानहरु खरिद गरी ल्याउन सहज गराई दिन्छु घुस लिएको पाइएको छ ।

घुस लिएको अवस्थामा बरामद भएको स–प्रमाण पुष्टि हुन आएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेकोले १ लाख ५० हजार बिगो र जरिवाना तथा कैद सजायको माग सहित विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement