बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान ओलीद्धारा अस्विकार, खतिवडाको नाम सिफारिस

Advertisement

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्न अस्विकार गरेका छन् ।

पार्टी सचिवालय बैठकमा गौतमका नाममा सहमति गरेका ओलीले बैठकपछि नेताहरुलाई डा. युवराज खतिवडाको नाम सिफारिस गरिसकेको बताएका हुन् ।

उनले बरिष्ठ नेता माधव कुमार नेपाललाई बालुवाटार बोलाएर गौतमलाई राष्ट्रिय सभामा पठाउन नसकिने जानकारी दिएको श्रोतले बतायो ।

ओलीले आफुलाई घेराबन्दीमा पार्ने प्रयास भएको भन्दै सचिवालय बैठक अघि नै डा. खतिवडाको नाम राष्ट्रपति कहाँ पठाईसकेको बताएका हुन् ।

Advertisement

Advertisement

Advertisement