एनसेलले ल्यायो ‘ह्याप्पीआवर अन रिचार्ज’

Advertisement

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘ह्याप्पीआवर अन रिचार्ज’ अफर ल्याएको छ । यो अफरअन्तर्गत ग्राहकले सय रुपियाँ र यस भन्दामाथिको प्रत्येक रिचार्जबापत भ्वाइस सेवामा छुट प्राप्त गरी यसको फाइदा लिन सक्नेछन् ।
यो अफर भोलि बिहीबारदेखि लागू हुनेछ । भ्यालेन्टाइन महिनाको अवसरमा सञ्चालनमा ल्याईएको यो अफरअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले मात्र ९९ पैसा प्रतिमिनेट (करसहित रु १.२६ पैसा) मा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्नेछन् ।

भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेभित्रको समयमा लागू हुनेछ । यस अफरबाट फाइदा लिनका लागि ग्राहकले एस्टिक्«स १७१०६ ह्यास् डायल गरी आफूलाई अफरमा निःशुल्करुपमा सहभागि गराउन सक्छन् ।

यसरी अफर सुचारु गरी सकेपछि ग्राहकले रिचार्ज रकमका आधारमा भ्वाइस सेवामा विभिन्न समयसिमा रहेका छुटबाट लाभ लिन सक्नेछन् । ग्राहकले सय रुपियाँ रिचार्ज गर्दछन् भने ९९ पैसा प्रतिमिनेट छुटको
लाभ ७ दिनका लागि पाउनेछन् । रु २००, रु ३०० र रु ५०० रिचार्ज गर्ने ग्राहकले यो छुटको लाभ क्रमशः १४ दिन, २१ दिन र ३० दिनका लागि लिन सक्नेछन् ।

यसैगरी ग्राहकले एक हजार रिचार्ज गर्दछन् भने यो छुटको लाभ रकम रिचार्ज गरेको दिनबाट ६० दिनका लागि पाउनेछन् ।

यो अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ ।

यो अफर ९० दिनसम्म सञ्चालनमा रहनेछ । ग्राहकले एस्टिक्«स१७१०६एस्टिक्«स१ह्यास् डायल गरी आफूले सुचारु गरेको अफरको समयसिमा सजिलै थाहा पाउन सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement