जारी भयो ‘बीमकको सूचना प्रविधि मार्गदर्शन’, बीमा समितिले कम्पनीहरुलाई दियो यस्तो निर्देशन

Advertisement

काठमाडौँ । बीमा समितिले ‘बीमकको सूचना प्रविधि मार्गदर्शन २०७६’ जारी गरेको छ ।

बीमा ऐन २०४९ को दफा ८(घ२) को अधिकार प्रयोग गरी बीमकले अवलम्बन गर्ने सूचना प्रविधि नीति उपयोगबाट बीमितको हित रक्षा गर्न उक्त मार्गदर्शन जारी गरिएको हो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बुधबार जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा कम्पनीहरुलाई उक्त मार्गदर्शन कार्यान्वयन गर्न परिपत्र जारी गरेका छन् ।

उक्त मार्गदर्शनमा सूचना प्रविधि प्रणाली सञ्चालन तथा डेटा सेन्टर स्थापना गर्नु पर्ने, बीमकले वेभसाइट निर्माण गरी सञ्चालनमा ल्याउनु पर्ने, इमेल/इन्टरनेट/सफ्टवेयरको व्यवस्था गरी प्रयोग गर्नु पर्ने, सूचना प्रविधि सम्बन्धी परीक्षकबाट बार्षिक रुपमा आफ्नो सूचना प्रणाली परीक्षण गर्नु पर्ने, मार्गदर्शनको अधिनमा रही आफ्नो आन्तरितक सूचना प्रविधि नीति तयार गरी लागु गर्नु पर्ने र बीमकले प्रणालीमा प्रयोग हुने सबै हार्डवेयर तथा सफ्टवेयर वा सो सम्बन्धी सक्कली उत्पादनहरु प्रयोग गर्नु पर्ने उल्लेख छ ।

‘बीमकको सूचना प्रविधि मार्गदर्शन २०७६’को पूर्णपाठका लागि यहाँ क्लिक गर्नु होला ।



 

Advertisement

Advertisement

Advertisement