राष्ट्रिय सभामा निरन्तरता पाउने खतिवडाको विश्वास, ‘अहिले केही नभनौँ, २१ गते भेट हुन्छ'

Advertisement

काठमाडौं । सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रियसभा सदस्य आफू रहने या नरहनेबारे फागुन २१ गते थाहा हुने बताएका छन् ।

गत सोमबार मन्त्री परिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भने–यसबारेमा कुरा गर्ने बेला अझैँ भएको छैन ।’

उनले आफूले राष्ट्रिय सभामा निरन्तरता पाउने संकेत गर्दै भने–‘अहिले केही नभनौं, २१ गते सपथ तोकिएको छ, भेट भइहाल्छ ।’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को बुधबार बसेको सचिवालय बैठकले खतिवडाको स्थानमा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई शिफारिस गर्ने निर्णय गरेको थियो । सोही सम्बन्धमा पत्रकारहरुको प्रश्नको जवाफमा खतिवडाले यस्तो कुरा बताएका हुन् ।

Advertisement

Advertisement

Advertisement