सरकारले पेट्रोल र डिजेलमा लिँदै आएको पूर्वाधार विकास कर बढायो, अब प्रतिलिटर १० रुपियाँ

Advertisement

काठमाडौँ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले पेट्रोल र डिजेलमा लिँदै आएको पूर्वाधार विकास कर बढाउने निर्णय गरेको बताएका छन् ।

गत सोमबार मन्त्री परिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भने– ‘यसअघि प्रतिलिटर पाँच रुपैयाँ लिँदै आएको करलाई बढाएर १० रुपैयाँ पुर्‍याउने निर्णय भएको छ ।’

Advertisement

Advertisement

Advertisement