विदेशी पुस्तक आयात गर्दा अंकित मुल्यको १० प्रतिशत कर तत्काल हट्दैनः अर्थमन्त्री

Advertisement

काठमाडौँ । सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले पुस्तक आयातमा लागेको कर तत्काल नहट्ने बताएका छन् । गत सोमबार मन्त्री परिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित नियमित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् ।

सरकारले विदेशी पुस्तक आयात गर्दा अंकित मुल्यको १० प्रतिशत कर लिन थालेको छ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा यसको विरोध गर्दै आन्दोलन भइरहेका बेला सरकारका प्रवक्ताले मुख खोलेका हुन् । पत्रकार सम्मेलनमा उनले भने–‘अर्को संसदले छलफल गरेर नटुंग्याएसम्म नयाँ निर्णय हुँदैन ।’

प्रवक्ता खतिवडाले विभिन्न मुलकले पुस्तक बिक्रीमा ५ देखि १८ प्रतिशत कर लगाउने गरेको उल्लेख गरे । ‘यसबारे बहस गर्न तयार छु’–उनले भने ।

Advertisement

Advertisement

Advertisement