प्रधानमन्त्रीको प्रतिप्रश्न– अडियोमा गोकुलकै आवाज हो भन्ने के प्रमाण छ ?

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले निर्वतमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड रुपियाँभन्दा बढि कमिशन बार्गेनिङ गरेको अडियोमा रहेको आवाज गोकुल कै हो भन्ने प्रमाणित नभएको तर्क अघि सारेका छन् ।

आफ्नो पार्टी नेकपाले बिहीबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले गोकुलको प्रतिरक्षा गर्दै अडियोको आवाजप्रति आशंका जन्माएका हुन् । उक्त अडियो प्रकरण बाहिरिएलगत्तै गोकुलले राजीनामा दिएका थिए । ओलीले भने, ‘अनधिकृत मान्छेले ल्याएको टेप उचालियो। यसमा कुनै प्रमाण छैन।’

स्वीस कम्पनीका एजेन्ट भनिएका ती व्यक्तिलाई स्वीस दूतावासले एजेन्ट होइन भनेर विज्ञप्तिसमेत निकालेको कुरा उल्लेख गर्दै ओलीले गोकुलको जोडिएकाले उनले नैतिकताको आधारमा राजीनामा गरे। भ्रष्टाचार गरेको प्रमाणित भएको जस्तो गरी प्रचार गरिएको तर्क गरे ।

प्रधामन्त्री ओलीले अडियो प्रकरणमा बाँस्कोटा दोषी देखिए कारबाही पनि हुने बताउँदै भ्रष्टाचारका कुनै पनि मुद्दामा आफ्नो विरुद्ध आरोप र मुद्दा नपरेको तर पत्रिकाले अनावश्यक रूपमा छापेको बताए । उनले भने, ‘आरोप छैन, मुद्दा छैन, उजुरी छ भन्ने अखबारमा देखेको थिए। मेरो पनि नाम छ रे उजुरीमा । काम नलाग्ने ‘पत्रु’ उजुरी हो।’

आफ्नाविरुद्ध बात लागेपछि गोकुलले राजीनामा दिएको बताउँदै उनले भने, ‘आफूमाथि बात लागेपछि गोकुल बास्कोटाले राजीनामा दिनुभएको हो । आरोप लागेको छैन, मुद्दा लागेको छैन ।’ बास्कोटा स्वंयमले अडियो आफ्नो नभएको र न्याय खोज्छु भनेको ओलीले सुनाए ।

Advertisement

Advertisement

Advertisement