प्रियंका र आयुष्मानले गरे ‘कोर्ट म्यारिज’

,   १५ फाल्गुन २०७६, बिहीबार, ०६:०० pm   
priyanka-karki-aayushma-joshi

काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी कानुनीरुपमा पति पत्नी भएका छन् । उनीहरुले बिहीबार जिल्ला अदालत काठमाडौंबाट कागजी विवाह (कोर्ट म्यारिज) गरेका हुन् । उनको धार्मिक विधिअनुसार शुक्रबार विवाह हुने उनको पारिवारिक स्रोतले जनाएको छ ।

प्रियंकाको जन्मदिनको अवसर पारेर दुवैले विवाह गरेका हुन् । कानुनीरुपमा विवाह सम्पन्न भएपछि उनीहरुलाई पारिवारिक सदस्यहरुले माला लगाएर बधाई तथा शुभाकाना दिएका थिए ।

aecc