यस्ता हेडसर, जो शिक्षकको चौमासिक तलब उपलब्ध गराउँदा समेत घुस लिन्छन्

Advertisement

काठमाडौँ । शिक्षकको चौमासिक तलब र दशैं खर्च बापतको रकम उपलब्ध गराउने प्रयोजनका लागि घुस लिने दैलेख नौमुले गाउँपालिका वडा नम्ब। १ स्थित श्री भैरव मावि नौमुलेका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंह पक्राउ परेका छन् ।

प्रअ सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर बस्नेतले उक्त विद्यालयका शिक्षकको चौमासिक तलब र दशैं खर्च बापतको रकम उपलब्ध गराउने प्रयोजनका लागि पटक–पटक शिक्षकसँग घुस माग गरिरहेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थिो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सोही उजुरीका आधारमा सुर्खेतबाट खटिएको टोलीले तीस हजार घुस लिइसकेको अवस्थामा सिंहलाई नौमुले गापा वडा नम्बर १ स्थित एनएमबि बैंक नौमुले शाखाको शाखा प्रबन्धकको कार्यकक्षबाट नियन्त्रणमा लिएको बताए । उनको अहिले अनुसन्धान भइरहेको प्रवक्ता कोइरालले बताए ।

Advertisement

Advertisement

Advertisement