श्रीलङ्काको कान्डीमा पहिलो विद्युतीय रेल ट्र्याक निर्माण हुँदै

Advertisement

कोलम्बो । श्रीलङ्काको यातायात सेवा प्रबन्धन मन्त्रालयले केन्द्रीय प्रान्तीय शहर कान्डीमा देशको पहिलो विद्युतीय रेल ट्र्याक निर्माण गर्ने निर्णय गरेको छ ।

कान्डी र उपनगरहरुमा यातायात सजिलो बनाउन रेल परियोजनाहरु छिटो विस्तार गर्ने विषयमा छलफल भइरहेको बेला राज्यका मन्त्री दिलुम अमुनुगामाले सरकारको उक्त योजनाबारे जानकारी गराएको बिहीबार डेली मिरर नामक राष्ट्रिय दैनिकले जनाएको छ ।

कान्डीको यातायात मन्त्रालयमा भएको छलफल, यातायात मन्त्री महिन्दा अमरवीराको अध्यक्षतामा भएको थियो । उनले नवलापितीयमा नयाँ रेल परियोजना विस्तार गर्ने योजना अघि सारिएको बताए ।

नयाँ रेलमार्गको ट्र्याक रामबुकाना र कादुगानावाको कातुगास्तोतादेखि कान्डीसम्म निर्माण गरिने बताइएको छ । सम्पूर्ण आयोजनालाई हाल उक्त क्षेत्रमा रहेका रेलमार्गमा सिमेन्टद्वारा निर्मित पिलरहरूको प्रयोग गरेर निर्माण गरिनेछ ।

स्पेनी कम्पनीले आयोजनाको निर्माणको जिम्मा पाएको आयोजना निर्माणको प्रारम्भिक चरणको सुरूवात बुधबार भएको हो । एएनआई

Advertisement

Advertisement

Advertisement