सुनको मूल्यः गतसाता भन्दा प्रतितोला ११ सयले बढ्यो, १६ दिनमा ३२ सय महङ्गो

Advertisement

काठमाडौँ । छापावाल सुन आज प्रतितोला ७९ हजार २ सय रुपियाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा ५ सय रुपियाँ घटेको हो । विहीबार छावावाल सुन प्रतितोला ७९ हजार ७ सय रुपियाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि तेजावी सुनको मूल्य प्रतितोला ७८ हजार ९ सय रुपियाँ निर्धारण गरिएको छ भने चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपियाँ तोकिएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा आज प्रतितोला २० रुपियाँले घटेको हो । विहीबार चाँही प्रतितोला ९ सय रुपियाँमा कारोबार भएको थियो ।

आज सुन प्रतितोला ५ सय रुपियाँ घटेको भएपनि समग्र साताको विश्लेषण गर्दा अघिल्लो साता चन्दा ११ सय रुपियाँले बढेको देखिन्छ । गत आइतबार अघिल्लो साताको तुलनामा प्रतितोला ७ सय रुपियाँ बढेर ७८ हजार ८ सय रुपियाँमा छापावाल सुन कारोबार भएकोमा यो साताको शुक्रबार सम्म आइपुग्दा प्रतितोला ७९ हजार २ सय रुपियाँमा कारोबार हुन पुगेको छ ।

महासंघका अनुसार साताको पहिलो दिन आइतबार तेजावी सुन प्रतितोला ७८ हजार ५ सय र चाँदी प्रतितोला ९ सय २० रुपियाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसै साताको सोमबार छापावाल सुन प्रतितोला अघिल्लो दिनको तुलनामा ५ सय रुपियाँ बढेर ८० हजार ३ सय रुपियाँमा कारोबार भएको थियो । तेजावी सुन ८० हजार र चाँदी प्रतितोला ९ सय २५ रुपियाँमा कारोबार भएको थियो ।

मंगलबार भने अघिल्लो दिनको तुलनामा छापावाल सुन प्रतितोला ३ सय रुपियाँ घटेर कारोबार भएको थियो । उक्त दिन छापावाल सुन प्रतितोला ८० हजार, तेजावी सुन ७९ हजार ७ सय र चाँदी ९ सय २५ रुपियाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको थियो ।

बुधबारको बजार भाउ हेर्दा अघिल्लो दिनको तुलनामा फेरि ५ सय घटेर कारोबार भयो । छापाबाल सुन ७९ हजार ५ सय प्रतितोला, तेवाली सुन ७९ हजार २ सय र चाँदी ९ सय ५ रुपियाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार विहीबार पुनः २ सय रुपियाँ बढेको थियो । उक्त दिन छापावाल सुन प्रतितोला ७९ हजार ७ सय, तेजावी सुन ७९ हजार ४ सय र चाँदी ९ सय रुपियाँमा कारोबार भयो ।

साताको अन्तिम दिन शुक्रबार पुनः सुनचाँदीको मूल्य घटेको हो । यो साता अघिल्लो साताको तुलनामा प्रतितोला ११ सय रुपियाँ बढेको सुनको मूल्य फागुन लागेपछिको आज १६ गतेसम्म प्रतितोला ३ हजार २ सय रुपियाँले बढेको देखिन्छ ।

फागुन १ गते बिहीबार छापावाल सुन प्रतितोला ७६ हजारमा कारोबार भएको थियो भने १६ दिन अघि चाँदी प्रतितोला ८ सय ८० रुपियाँमा कारोबार भएको थियो । यसरी हेर्दा चाँदीको मूल्य भने स्थिर देखिएको छ । आजको चाँदीको बजार मूल्य पनि प्रतितोला ८ सय ८० रुपियाँ नै निर्धारण गरिएको महासंघले जनाएको छ ।

महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार चीनमा फैलिएको कोरोना भाइरस संसारभर फैलिएकोले गर्दा आर्थिक क्षेत्रमा असर गरेको बताए । अन्तर्राष्ट्रिय आर्थिक क्षेत्रमा सुधार नभएको र कोरोना भाइसरले आर्थिक क्षेत्रमा पारेको प्रभावका कारण सुनचाँदीको मूल्य बढिरहेको महासचिव बज्राचार्यले बताए ।

Advertisement

Advertisement

Advertisement