राष्ट्रिय सभामा बामदेव गौतम, अर्थमन्त्रीमा डा. खतिवडा निरन्तर

Advertisement

काठमाडौं । राष्ट्रिय सभामा बामदेव गौतमलाई पठाउने की डा. युवराज खतिवडालाई पठाउने भन्ने किचलोका बीच मध्यमार्गी बाटोको खोजि सुरु भएको छ ।

नेकपा सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो । तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले डा. युवराज खवितडालाई नै राष्ट्रिय सभामा पठाउने सन्देश पार्टी नेताहरुलाई पठाएका थिए । बामदेव की युवराज भन्ने किचलोले पार्टी नै धरापमा पर्ने अवस्था आएपछि मध्यमार्गी बाटो खोजिएको हो ।

शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको प्रचण्ड, माधव नेपालसहितका सचिवालय नेताहरुको बैठकले राष्ट्रिय सभामा बामदेव गौतमलाई नै पठाउने र डा. युवराज खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिन सकिने निष्कर्ष निकालेको हो ।

खुमलटार बैठकले पार्टीमा बिग्रह आउन नदिनका लागि बामदेव गौतम र डा. खतिवडा दुबैलाई व्यवस्थापन गरेर अघि बढ्ने निष्कर्ष निकालेको श्रोतले बतायो । त्यस्तो अवस्थामा डा. युवराज खतिवडालाई ६ महिनाका लागि नयाँ मन्त्रीका रुपमा नियुक्त गरिनेछ भने त्यसपछि फेरी मन्त्री बनाईरहनका लागि अन्य कुनै विकल्प खोज्न सकिने निष्कर्षमा पनि नेताहरु पुगेका हुन् ।
खुमलटार छलफल सकेर चितवन पुगेका प्रचण्डले सचिवालयको निर्णय कार्यान्वयन हुने बताएका थिए ।

Advertisement

Advertisement

Advertisement